कैलारी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता हुने

कैलारी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता हुने

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता हुने भएको छ। कैलारी गाउँपालिका वडा नम्बर ६ मा इलाइट युथ क्लव कैलालीको आयोजनामा फुटवल प्रतियोगिता हुन लागेको जनाइएको छ ।

आयोजक इलाइट युथ क्लावका अध्यक्ष देवेन्द्र हमालले आगामी पुस २५ गतेदेखी ३० गतेसम्म कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा खेलमैदानमा फुटवल प्रतियोगिता आयोजना हुने बताए।

बिषेशगरी कैलारी गाउँपालिका र धनगढी उप महानगरपालिकाका खेलाडीहरुलाई समेटेर खुल्ला फुटवल प्रतियोगिता आयोजना गरिन लागेको अध्यक्ष हमालले बताए । फुटवल प्रतियोगितामा १६ टिम सहभागी हुन पाउने भएका छन् ।

अध्यक्ष हमालका अनुसार आजैबाट टिम इन्ट्री खुला गरिएको छ। प्रतियोगिताको बिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने छन् भने उप बिजेताले २५ हजार नगद सहित ट्रफी मेडल प्राप्त अध्यक्ष हमालले बताए । टिम इन्ट्री शुल्क रु ३००० राखिएको छ।

थारु कलाकारहरु सहितको उपस्थितीमा साँस्कृतीक कार्यक्रम सहित भब्य कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिने आयोजकले बताएको छ । आयोजक क्लव इलाइट युथ क्लावका सह सचिव राम बहादूर बिकले कैलारी गाउँपालिका ६ का सबै युवाहरुलाई समेटेर क्लव गठन गरेको र अब खेलकुद संगै शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमापनि क्लव काम गर्ने बताए ।

बिषेशगरी यस खेलकुद प्रतियोगिताले यहाँका खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए । फुटवल संघबाट समेत अनुमती लिएर गरिन लागेको प्रतियोगिताले पक्कै केही नयाँपन दिने उनको भनाई छ ।

क्लवका सचिव बिजय चौधरीले यस प्रतियोगिताबाट जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत यहाँका खेलाडीको सहभागिता बढ्ने अपेक्षा लिएको बताए । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट किपर, स्कोरर लाई नगद २ हजार पुरस्कार रहेको उनले बताए ।