'पुष्पा २' मा अल्लु अर्जुनसँगै रामचरणको पनि एन्ट्री !

'पुष्पा २' मा अल्लु अर्जुनसँगै रामचरणको पनि एन्ट्री !

एजेन्सीस् दक्षिण भारतीय सुपरस्टार कलाकार अल्लु अर्जुन यतिबेला 'पुष्पा २' को लागि तयारीमा छन्। अघिल्लो सालको सुपरहिट चलचित्र 'पुष्पा: द राइजु को सिक्वेलका रूपमा रहेको फिल्म अहिले दर्शकका लागि बहुप्रतीक्षित बनेको छ।

अझैसम्म पनि पहिलो भागको डायलग, गीत र आइकोनिक नृत्यले सबैलाई मनोरञ्जन गराइरहेको छ। अब भने दोस्रो भागले दर्शकहरूलाई कौतुहल बढाएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पाका निर्देशक सुकुमार फिल्मलाई दोस्रो भागमा अझै रोचक बनाउन लागिपरेका छन्। उनी आफ्नै एउटा 'सिनेम्याटिक यूनिभर्सु बनाउने तयारीमा छन्। हलिउडमा 'मार्भलुको जस्तो।

र, यसको लागि सुकुमारले रामचरणको साथ लिने भएका छन्। दक्षिण भारतीय चलचित्रका अर्का ठूला सुपरस्टार रामचरण अब पुष्पा २ मा देखिने भएका छन्। रामचरणको फिल्ममा केमियो भूमिका हुने बताइएको छ।

सुकुमार र रामचरणले यसअघि 'रङ्गस्थलमु चलचित्रमा काम गरेका थिए। सोही रङ्गस्थलम फिल्मको' चिट्टी बाबुको भूमिकामा रामचरणले पुष्पा २ मा एन्ट्री गर्ने बताइएको छ।

आजभोलि अधिकांश फिल्म निर्माता निर्देशकहरू आफ्नै 'सिनेम्याटिक युनिभर्सु बनाउन लागिपरेका छन्। यसको उदाहरण हो- बलिउड फिल्म निर्देशक रोहित शेट्टी। उनले आफ्नो फिल्ममा'कप युनिभर्सु बनाएका छन्। जसको पछिल्लो उदाहरण उनको फिल्म 'सूर्यवंशी' हो। जहाँ 'सिंघमुदेखि 'सिम्बाुसम्मका स्टार थिए।

यस्तै दक्षिण भारतीय चलचित्र निर्देशक प्रशान्त नील र लोकेश कनगराजले पनि एउटा सिनेम्याटिक यूनिभर्स बनाएका छन्। यो प्रयोग उनीहरूको फिल्म 'केजीएफु र 'विक्रमुमा देखिएको थियो।