डडेल्धुरामा लागु औषधसहित एक जना पक्राउ

डडेल्धुरामा लागु औषधसहित एक जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा लागु औषधसहित एक जना पक्राउपरेका छन्। लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) सहित डडेल्धुरामा एक जना पक्राउ परेका छन्।  जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बिरबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागु औषध  रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए।
उनको साथबाट लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) ६.५४० किलोग्राम बरामद गरिएको छ। घट्ना सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।