देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३०

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३०

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर दुईजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

एक हजार ३०५ वटा स्वाब नमुनाको परीक्षण गर्दा  दुईजनामा संक्रमण देखिएको हो । यो अवधिमा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।