अर्बपति तथा नवनिर्वाचित सांसद विनोद चौधरीले किने श्रीलंकाको आठौं ठूलो बैंक

अर्बपति तथा नवनिर्वाचित सांसद विनोद चौधरीले किने श्रीलंकाको आठौं ठूलो बैंक

काठमाडौं । उद्योगी, अर्बपति तथा नवनिर्वाचित सांसद विनोद चौधरीले पछिल्लो समय आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाको आठौं सबैभन्दा ठूलो बैंकमा लगानी गरेका छन् । उनले त्यहाँको बैंक किनेका हुन् ।

सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेडसँग एक संयुक्त उद्यम (जेभी)को माध्यमबाट प्रतिष्ठित ताज समुद्र कोलम्बोमा चौधरीले लगानी गरेका थिए ।

नेपालमा नै रहेको चौधरी समूहको सिजी क्यापिटल पार्टनर्सको माध्यमबाट युनियन बैंक (युबिसी)मा ७०.८४ प्रतिशत सेयर खरिद गरेर चौधरीले आफ्नो लगानीलाई विस्तार गरेका हुन् ।

यसमा लगानी गर्नका लागि चौधरीले सिंगापुरमा रहेको आफ्नो अर्को कम्पनी सिजी कर्पलाई पनि समावेश गरेका छन् । उनले श्रीलंकाली मुद्रा ९।१ बिलियन त्यहाँ लगानी गर्न लागेको बिडब्लूहिन्दी उल्लेख गरेको छ ।

सन् २०१३ मा फोब्र्सको अर्बपति सूचीमा समावेश भएका विनोद चौधरी नेपाली कांग्रेसका नवनिर्वाचित सांसद हुन् ।