बेथानचोकमा बस दुर्घटना अपडेट:  १८ जनाको मृत्यु

बेथानचोकमा बस दुर्घटना अपडेट:  १८ जनाको मृत्यु

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका वडा ४ सल्लाफेदमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बेथानचोक–५ च्याल्टीमा पुगेर फर्केको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा १५ जनाको, बाटोमा एक जनाको र शिर मेमोरियल अस्पतालमा २ जनाको मृत्यु भएको छ । चालक र सहचालक दुवै जनाको घटनास्थलमा मृत्यु भएकोले बसमा कति चढेका थिए भन्ने खबर पत्ता लाग्न सकेको छैन ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल तथा बनेपास्थित शिरमेमोरियल अस्पतालमा लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ।