काभ्रेको दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग

काभ्रेको दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा  १८ जनाको मृत्यु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । 

उक्त दुर्घटनामा परी मृत्यु  भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

मङ्गलबार साँझ भएको सो बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।