नेयमारले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाए

नेयमारले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाए

काठमाडौं । ब्राजिल फुटबल टिमका फरवार्ड नेयमारले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उनले मंगलबार स्पेनको अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।


नेयमार सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तरण हुँदा भएको भनिएको भ्रष्टाचार मुद्दामा फसेका थिए । 

ब्राजिलको कम्पनी डीआईएसले नेयमार उनका बुबाका साथै सान्तोष र बार्सिलोना क्लबका अध्यक्षहरूले जानाजान स्थानान्तरण गर्दा तिर्नुपर्ने डीआईएसलाई बेवास्ता गरेको भनी मुद्दा दर्ता गरेको थियो ।

स्पेनको अदालतले भने नेयमारविरुद्धको मुद्दा प्रमाणित नभएको फैसला सुनाएको छ ।