निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको विवरण सार्वजनिक गरेको छ।
आयोगले बुधवार संघ र प्रदेश दुवैतिरको समानुपातिक निर्वाचित सासंदहरुको विवरण सार्वजनिक गरेको हो।
प्रतिनिधि सभाका ११० र प्रदेशका २२० सिटमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ। प्रतिनिधि सभाका ११० सिट समानुपातिक सांसदमा चार जना सुदूरपश्चिम प्रदेशबाट चयन भएका छन् ।
चार जना मध्ये नेपाली काँग्रेसले दुई र नेकपा एमाले र माओवादी केन्द्रले एक/एक समानुपातिक सांसद चयन गरेको छ ।
जसमा नेपाली काँग्रेसको (खस आर्य) बाट आरजु राणा गन्यापधुरा गाउँपालिका डडेल्धुरा र (खस आर्य) बाट नै ईश्वरी देवी न्यौपाने भजनी नगरपालिका कैलाली लाई चयन गरिएको छ ।
यस्तै, नेकपा एमालेले (खस आर्य) बाट दयाल बहादुर शाही स्वामिकार्तिक खापर गाउँपालिका बाजुरा र नेकपा (माओवादी केन्द्र) ले थारु बाट रुपा सो.शी (चौधरी) टिकापुर नगरपालिका कैलाली लाई चयन गरेको छ ।