सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

 काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपयाँले घटेको छ ।

छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ सय, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।