४ जनामा कोरोना संक्रमण हुँदा ४ निको भए

४ जनामा कोरोना संक्रमण हुँदा ४ निको भए

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ। अधिकांश मानिसले कोरोनाविरुद्धको खोप लगाएर शरीरमा प्राकृतिक रुपमा एन्टबडी बनेकाले कोरोना संक्रमण दर घट्दै गएको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार कोरोना भाइरसको डेल्टा भेरियन्ट कमजोर हुँदै गएपछि संक्रमण दर पनि घट्दै गएको हो।

बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ७३० नमूनामध्ये ४ को रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार २१९ नमूनाको पीसीआर र ५११ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३ र एन्टिजेनबाट १ जनामा संक्रमण देखिएको हो।

बिहीबार थप ४ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १५ रहेको मन्त्रालयले  जनाएको छ।