नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो। 

उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ। पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ।

आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।