कञ्चनपुरको भीमदत्तमा एक घरमा आगलागी, १३ लाखको क्षती

कञ्चनपुरको भीमदत्तमा एक घरमा आगलागी, १३ लाखको क्षती

कञ्चनपुर। कञ्चनपुरको भीमदत्तमा एक घरमा आगलागी भएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ बनकट्टीका देवराज उपाध्यायको घरमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा म.२ प ५८८४ नम्बरको स्कुटर, साढे दुई तोला सुन, खाद्यान, लताकपडासमेत गरी करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो। आगलागी नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।