बैतडीको एक बिद्यालयको नव निर्मित भवन गुणस्तरहीन

बैतडीको एक बिद्यालयको नव निर्मित भवन गुणस्तरहीन

गोविन्त पन्त  /बैतडी । बैतडीको  एक बिद्यालयको नव निर्मित भवन गुणस्तरहीन  निर्माण गरेको पाईएको छ । जिल्लाको पाटन नगरपालिका –३ स्थित ४२ लाखको लागतमा निर्माण भएको गुजर मा।वि को ४ कोठे दुईतले नव निर्मित भवन गुणस्तरहीन रहेको पाइएको छ । कृष्ण कन्सट्रक्सनले निर्माण गरेको सो भवनको भित्ता र कोठामा प्लाष्टर गर्दा सिमेन्टको कम प्रयोग गरेको पाइएको छ । 

May be an image of 1 person

अहिले पाटन नगरपालिका उपप्रमुख कमलसिंह बोहरा को संयोजकत्वमा रहेको अनुगमन टोलीले नगरपालिकाका विभिन्न स्थानमा बनेका योजना र भवन हरुको  अनुगमन गरिरहेको छ । सोही क्रममा गुजर माध्यमिक विद्यालयको भवन अनुगमन मा परेको हो । सो बिद्यालयको भवन अनुगमन गरिसके पछि, अनुगमन टोली संयोजक उप प्रमुख बोहरा भन्छन् । गुजर माध्यमिक विद्यालयको भवन निर्माणमा व्यापक लापरवाही रहेको छ ।

No description available.
सार्वजनिक संरचना मापदण्ड अनुसार निर्माण नहुँदा दिगो हुन सक्दैनन् । तेसैले यो भवन गुणस्तरहीन रहेको पाइएपछि पुनः निर्माण गर्न निर्देशन दिएको छु । 

४२ लाखको लागतमा निर्माण भएको  भवन निर्माण गरिएको भएपनि प्लास्टर गर्दा बालुवा मात्रै राखेको पाइएको छ । भवनको भित्ता र कोठामा प्लाष्टर गर्दा सिमेन्टको कम प्रयोग गरेको पाइएको हो ।

No description available.