धनगढीमा ‘नेपथ्य’कन्सर्ट हुने

धनगढीमा ‘नेपथ्य’कन्सर्ट हुने

धनगढी ।  धनगढी पुष ३ गते मानव सेवा आश्रमको भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ आयोजना हुन लागेको नेपथ्य व्यान्डको कन्सर्ट हुने भएको छ । 

असहायको सेवामा समर्पित आश्रमले देशभरमा आश्रमका भवन निमार्ण एवं अक्षयकोष स्थापनाका लागि मानवताका लागि सांगीतिक यात्रा गरिरहेको हो। 

उक्त कन्सर्ट मंसिर १६ गते विराटनगरवाट सुरु भई, १९ गते वीरगंज, २२ गते हेटौडा, २५ गते चितवन र २९ गते नेपालगञ्जमा सम्पन्न भइसकेको अधिकारीले बताए। धनगढीमा पुष ३ गते हुने कन्सर्ट आश्रमको छैटौं कार्यक्रम भएको मानव सेवा आश्रम कैलालीका अभिभावक शिद्धराज पनेरुले बताए।

उनका अनुसार धनगढीमा रहेको आश्रमको शाखाले अहिलेसम्म २२१ जनाको उद्वार गरेको छ। कसैले पनि सडकममा वास गर्नु पर्ने अवस्था आउन नदिनका लागि नै यो कन्सटको आयोजना गरिएको पनेरुले बताए। यस्तै कन्सर्टका लागि नेपथ्यको टिम पनि धनगढी पुगिसकेको छ।