धनगढीमा  जियान होटेल सञ्चालनमा

धनगढीमा  जियान होटेल सञ्चालनमा

धनगढी । धनगढीमा होटल जियान हस्पिटालिटी एण्ड थ्री मंकिज बार सञ्चालनमा आएको छ। शुक्रबार एक समारोहकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, कैलाली होटेल व्यवसायी संघका अध्यक्ष कलम बम र आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख गौरीशंकर उपाध्यायले होटेलको उद्घाटन गरे।
 
होटेलका सञ्चालक प्रकाश जोशीका अनुसार डेढ करोडको लगानीमा होटेल सञ्चालनमा आएको हो। धनगढी वडा नम्बर ३ चटकपुर क्षेत्रमा ६ लेन सडकबाट १ सय मिटरको दुरीमा रहेको सो होटेलमा खाना, नास्ता र वास बस्नको लागि स्तरीय वातावरण अनुकुलित कोठा रहेको सञ्चालक जोशीले बताए।

जियान होटेल एण्ड हस्पिटालिटी एण्ड थ्री मंकिज बारमा गार्डन सहितको क्याबिन, स्तरीय बार तथा सेमिनार हलसमेत रहेको छ। आन्तरिक पर्यटनलाई टेवा दिन र स्थानीयस्तरमा रोजगारी प्रवर्द्धन गर्न लगानी गरेको जोशीले बताएका छन्।

यस्तै उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, निर्माण व्यवसायी संघका प्रदेश उपाध्यक्ष लक्ष्मण साउँद, होटेल व्यवसायी संघका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम सचिव भोजराज जोशी ९क्वालिटी० को पनि सहभागिता थियो।