नेपालमा तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य, चीनमा फेरि बढ्यो

नेपालमा तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य, चीनमा फेरि बढ्यो

पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् ।

“कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।  
८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । 

आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको  संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चीनमा कोरोना संक्रमण फेरि बढ्यो :

चीनमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको छ। शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या बढ्न थालेको हो।

शून्य कोभिड नीतिको चौतर्फी विरोध भएपछि चीनले उक्त नीति लगभग स्थगित गरेपछि संक्रमण तीव्रगतिमा बढिरहेको बीबीसीले जनाएको छ।

संक्रमण दर बढ्दै जाँदा अस्पतालमा दबाब बढिरहेको समाचारमा उल्लेख गरिएको छ। बिहीबार मात्र चीनमा दुई हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।