समाचार न्यायमुखी हुन जरुरी छ: थपलिया

समाचार न्यायमुखी हुन जरुरी  छ: थपलिया

धनगढी ।  लैङ्गिक संवेदनशील रिपोर्टिङ तथा लैङ्गिक उत्तरदायी न्याय सम्बन्धी सञ्चारकर्मीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
महिलाको न्यायमा पहुँच परियोजना दोस्रो चरण अन्त्रगतको कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा लैङ्गिक संवेदनशील रिपोर्टिङमा हुने चुनौती र कानुनी व्यवस्थाका बारेमा छलफल गरिएको थियो ।

ल्याक नेपालका अध्यक्ष अनिता न्यौपाने थपलियाले हामीले गर्ने रिपोर्टिङले नै समाज परिवर्तन बनाउन सहयोग पुग्ने हुँदा विषय छनौट र भाषालाई राख्दा पनि ध्यान दिनुपर्ने बताएकी छन् । पछिल्लो समय हाम्रा समाचारहरू न्यायमुखी हुन नसको उनले बताइन् । ‘समाचार बिकाउमूखी नभएर न्यायमुखी हुन जरुरी रहेको छ, उनले भनिन् कानुनमा भएका हक अनुसार कसैलाई हानी नोक्सानी नहुने गरेर समाचार सम्प्रेषण गर्नुपर्छ ।,’ पछिल्लो समय चर्चा पाउनकै लागि मानिसहरूले विभिन्न सञ्चार माध्यमबाट भ्रामक समाचारहरू पनि प्रसारण गरिदिँदा समस्या निम्तिने उनले बताइन् ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय परियोजना संयोजक सरस्वती योञ्जनले गरेकी हुन् । कानुनी सहयोग परामर्श केन्द्र ल्याक नेपाल तथा दलित महिला अधिकार मञ्चको संयुक्त अँयोजनामा धनगढीमा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा कैलालीका पत्रकारहरुको सहभागिता रहेको थियो ।