प्रधानमन्त्री देउवाले बोलाए दिउँसो ३ बजे सांसदहरूको भेला

प्रधानमन्त्री देउवाले बोलाए दिउँसो ३ बजे सांसदहरूको भेला

काठमाडौं । समानुपातिकतर्फको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलोपटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।

सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् ।