विपद् न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न

विपद् न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न

धनगढी । धनगढीमा  विपद् न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न भएको छ। सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना लैङ्गिक उत्तरदायी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीति संवाद तथा एक दिने छलफल कार्यक्रम शुक्रवार सम्पन्न भएको हो।

विपद् जोखिम न्यूनीकरण सम्बन्धी सबैले आ–आफ्नो दायित्व प्रति ध्यान दिन जरुरी रहेको बताइएको छ। विपद् तथा जोखिमका बेला महिला तथा अपाङ्ग भएका व्यक्तिहरू बढी पिडामा पर्ने गरेको धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला कुमारी रानाले बताएकी छिन्।
सहरी विपद् तथा भूकम्पीय पूर्व तयारीबारे तथा विपद् कम गर्न उपमहानगरपालिका भित्र अनाधिकृतरुपमा निर्माण भएका घरहरूलाई अनुगमनको पाटो बनाएको बताइन्।
 कार्यक्रममा बोल्दै उनले विपद्का बेला महिलाका समस्या बढी हुने र सहभागिता न्यून हुने हुँदा यसलाई प्रभावकारी रूपमा लैजान तथा सहभागिता बढाउन आवश्यक रहेको कुरा उल्लेख गरिन्।

ल्याक नेपालका अध्यक्ष अनिता न्यौपाने विपद् जुकै बेला पनि आउन सक्ने हुँदा यसमा ध्यान दिनुपर्ने बताएकी छन् । उनले बिपद्बाट सबै भन्दा बढी प्रभावित ज्येष्ठ नागरिक बालबालिका महिला तथा यौनिक तथा लैङ्गिक अल्पखंख्यक समुदायका मानिसहरू पर्ने गरेको बताइन् । यसमा सबैले आफ्नो तर्फबाट पूर्व तयारी तथा कार्यक्रमहरू गर्न जरुरी रहेको बताइन् ।

कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रम युएन डीपी, युनिसेफ, युएन उमन र ल्याक नेपालको सहयोगमा उक्त गरिएको हो।