ब्लड क्यान्सर दीर्घको उपचारमा समस्या, सहयोगका लागि परिवारको अपिल

ब्लड क्यान्सर दीर्घको उपचारमा समस्या, सहयोगका लागि परिवारको अपिल

डोटी । डोटीका ११ वर्षीय बालकको उपचारमा समस्या भएपछि परिवारले सहयोग लागि अपिल गरेको छ ।

बोगटान फुड्सिल गाउँपालिका – ६ कटैगाउँका खडक बमका ११ वर्षीय छोरा दीर्घ बमको आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको लागि अपिल गरेको हो ।

ब्लड क्यान्सरबाट पीडित बालक बमको नेपालमा उपचार सम्भव नभए पछी अहिले भारतको डिएमसिएच अस्पतालमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको बुवा खडकले बताए ।

उनले भने , आफुले कमाएको सबै सम्पत्ति सकियो । अझै पैसाको ठुलो आवश्यकता छ। छोरालाई बचाउन सके म बाचे जस्तै हुन्थ्यो । छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।
मनकारी व्यक्ति तथा संघसस्थालाई सके जति आर्थिक सहयोग गरेर छोराको ज्यान जोगाइदिन सबैमा उनले अनुरोध गरे।

उहाँलाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८६८५८६९४२ वा भारतमा हुनेले ९८८८२८२०८७ मा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै ग्लोबल आइएमइ बैङ्कमा भक्त बहादुर बमको नाममा रहेको खाता नम्बर २४०७०१०००९९६७ खातामा रुपैयाँ जम्मा गर्न सक्नेछन् ।