अत्तरियामा दि वर्कआउट जोन जिम क्लव सञ्चालनमा

अत्तरियामा दि वर्कआउट जोन जिम क्लव सञ्चालनमा

धनगढी । कैलालीको अत्तरियामा अत्याधुनिक जिम क्लब सञ्चालनमा आएको छ । दि वर्कआउट जोन नामक जिम क्लब अत्तरियाको गोदावरी नगरपालिकाको बनखेतमा सञ्चालनमा ल्याईएको हो ।

जिम क्लवको शनिबार एक कार्यक्रमका बीच प्रदेश सभा सदस्य प्रकाश बमले उद्धघाटन गरेका हुन । वनखेतमा खुलेको जिम क्लव  युवा भिम खडायत र जापान पाण्डेले संचालनमा ल्याएका हुन ।

सञ्चालक खडायतले जिम क्लव सञ्चनलका लागि ५० लाख लगानी लागेको बताए । उनले जिम क्लवमा आधुनिक मेसिन राखिएको बताए । जिम क्लवमा फिजिकल देखि लिएर किक बक्सिङका सामान उपलब्ध भएको खडायतले बताए ।