एसपीए कपल्लेकी पुरुष भलिबल प्रतियोगितामा आदर्श गाउँपालिका विजयी

एसपीए कपल्लेकी पुरुष भलिबल प्रतियोगितामा आदर्श गाउँपालिका विजयी

धनगढी । एसपीए कपल्लेकी पुरुष भलिबल प्रतियोगितामा आदर्श गाउँपालिकाको टिमले विजयी भएको छ ।  जिल्लाकै ठुलो धनराशिको प्रतियोगिता अन्तरगत शनिवार डोटीमा सम्पन्न अन्तिम खेलमा दिपायल सिलगढी नगरपालिकालाई हराउँदै आदर्श विजयी भएको हो । 

सातौँ पटक आयोजना गरिएको एसपीए कपल्लेकी शिल्ड प्रतियोगिताको उपाधि सँगै आदर्शले नगद १ लाख २५ हजार र ट्रफी प्राप्त गरेको छ । 

यस्तै, उप विजेता बनेको दिपायल सिलगढी नगरपालिकाले नगद ५१ हजार र ट्रफी प्राप्त गरेको छ । भने तेस्रो स्थानका लागि शिखर नगरपालिका र बडीकेदार गाउँपालिका बिच भएको खेलमा शिखर नगरपालिका विजयी बन्दै२१ हजार नगद र ट्रफी जितेको छ । 

विभिन्न उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिएको जानकारी गराउँदै आयोजक समितिले प्रतियोगिताको आठौँ संस्करण प्रदेशस्तरीय आयोजना गरिने घोषणा गरिएको छ ।