आजको मौसम: हल्का हिमपात र वर्षाको सम्भावना

आजको मौसम: हल्का हिमपात र वर्षाको सम्भावना

धनगढी । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही तराईका भू-भागमा हुस्सु कुहिरो रहेको छ।

दिउँसोː  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

रातीː  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक९दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु कुहिरो लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।