बाजुरामा अयडीको हत्या विरोधमा यातायात सेवा बन्द

बाजुरामा अयडीको हत्या विरोधमा यातायात सेवा बन्द

बाजुरा। अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका -७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो ।
उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो । घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि यातायात बन्द गरेका हुन् ।

यातायात बन्द पछि शनिबार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ ।