जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं ।  बाँकेको कोहलपुर नगरपालिका ११ मा जिपको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया उषा गुरुङ रहेकी छन् । कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यसैबीच, काठमाडौं महानगरपालिका ४ शंखपार्क नजिकै आज  ठेलागाढामा मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको ट्राफिक प्रहरी प्रभाग सुकेधाराले जनाएको छ । 

घाइतेमध्ये मोटरसाइकल चालक काठमाडौं बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का ३३ वर्षीय प्रकाश दुलालको अवस्था गम्भीर रहेको छ । चप्पल कारखानाबाट सुकेधारातर्फ जाँदै गरेको बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ठेलासँग आज बिहान करिब ३ बजे ठोकिएको थियो ।