बाजुराको कोल्टीमा शल्यक्रियासहित विशेषज्ञ सेवा सुरु

बाजुराको कोल्टीमा शल्यक्रियासहित विशेषज्ञ सेवा सुरु

बझाङ - बाजुराको उत्तरमा पर्ने बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया सहितको स्त्री रोग सम्बन्धी विषेशज्ञ सेवा सुरु भएको छ । बाजुरा, हुम्ला, कालिकोट र मुगुका नौ वटा स्थानिय तहका केन्द्रको रुपमा रहेको विकट कोल्टी क्षेत्रमा सुरु भएको विषेशज्ञ सेवाबाट उपयुक्त उपचारको अभावमा ज्यान गुमाउदै आएका चार जिल्लाका स्थानिय लाभान्वित हुने छन ।

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बुढीनन्दा–६, कोटीलाकी अस्मिता विकको शल्यक्रियामार्फत सुरक्षित प्रसूति गराइँदै । 
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र बुढीनन्दा नगरपालिकाको पहलमा यो सेवा सुरु भएको हो । सेवा सुरु भएको पहिलो दिन शुक्रबार नै बुढीनन्दा नगरपालिका ६, कोटीलाकी गर्भवती अस्मिता विकलाई शल्यक्रिया मार्फत प्रशुती गराइएको थियो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डाक्टर सोनाम गुरुङ, मेडिकल अधिकृत डाक्टर चेतबहादुर धामी, एनेस्थेसिया सहायक लालबाबु यादब र अपरेसन थिएटर नर्स भगवती रावलको टोलीले विकको सफल सल्यक्रिया गरेको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ओमजंङ शाहीले बताए ।

उपचार सेवाको अभावमा महिलाहरुले गर्भवती भए देखी नै जिवन र मृत्यूको दोसाादबाट गुज्रिने गरेको बताउदै समय मै शल्यक्रिया गरेर आफु र बच्चालाई बचाइ दिएकोमा विकले खुशी व्यक्त गरिन । ‘यहाा सुरक्षित सुत्केरी गराउने व्यवस्था थिएन । पहिलो गर्भ भएकाले मर्छु कि बााच्छु भनेर निकै पिर परेको थियो’ उनले भनिन ‘धन्न, मेरै सुत्केरी हुने दिनमा डाक्टरहरु आइपुग्नु भयो । हामी आमा र बच्चाको ज्यान बचाइदिनु भयो । मेरा लागि उहााहरु देउता जस्तै हुनुभयो’ उनले यस अघि आफु जस्तै धेरै गर्भवतीले सुत्केरी सेवा नपाउदा ज्यान गुमाउने गरेको र पहिलो पटक गर्भवती हुने महिलालाई बढी जोखिम हुने गरेकोले आफु निकै नै तनावमा रहेको बताइन ।

शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु भए पछि अस्मिता मात्रै नभएर यस क्षेत्रका महिलाहरुमा खुशी भएका छन ‘अपरेसन गर्ने सुविधा यहाँ नभएका कारण सालसालै हाम्रा दिदी बहिनीहरुले ज्यान गुमाउदै आएका छन’ बुढीनन्दा नगरपालिका २, कोल्टीकी संगिता विष्टले भनिन ‘अब कोल्टीमै अप्रेसन हुने भयो भन्ने खबरले हामी सबै खुशी भएका छौं । अवका दिनमा सुत्केरी समस्याका कै कारण कसैले ज्यान गुमाउनु नपर्ला भन्ने विश्वास छ’ यस अघीे नगरपालिकाले समस्यामा परेका सुत्केरीहरुको उद्धारको लागि २० हजार अनुदान दिने गरेको भए पनि भनेको बेला जहाज नआउने, रात्रीको समयमा समस्या भएमा उद्धार सम्भव नहुने भएकोले बर्षेनी सुत्केरीहरुले ज्यान गुमाउने गरेको उनको भनाई छ ।

पायक पर्ने ठाउँमा प्रसुती सम्बन्धी विषेशज्ञ सेवा नहुदा यस क्षेत्रका महिलाहरुले प्रसुती समस्याका कारण बर्षेनी ज्यान गुमाइरहेका थिए । दुइ वर्ष अघि सुत्केरी पछि अत्याधिक रक्तश्राव हुदा बाजुराको बुढीनन्दा नगरपालिकाकी २३ वर्षिय अम्बकला रोकायाको ज्यान गएको थियो । बजार केन्द्रमा प्रसुती सेवा नभएका कारण जटिलता देखीएका महिलाहरुलाई यहाँका स्थानियले हजारौं खर्च गरेर सदरमुकाम मार्तडी वा नेपालगंज र धनगढी पुर्याउने गरेका थिए ।

‘बाजुरा मात्रै नभएर कालिकोट, हुम्ला र मुगुबाट पनि समस्या परेका दिदि बहिनीहरु यतै आउनु हुन्छ । यहाँ शल्यक्रिया नभएका कारणले आपतकालिन विरामीलाई पनि बाहिर रेफर गरिरहेका थियौ’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख शाहीले भने ‘भाग्यले कोही बाँच्थे कोही बाटैमा ज्यान गुमाउथे । कोल्टी मै सेवा सुरु भए पछि अब मातृमृत्यु दर धेरै घटछ भन्ने विश्वास छ’ उनले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै मासिक ३० जनाको हाराहारीमा प्रसुती गराउने गरिएको र ती मध्ये स्वास्थ्यमा जटिलता देखिएका ५ देखी ७ जनालाई शल्यक्रिया लगायतका उपचारको लागि अन्त पठाउने गरिएको बताए । यसरी बाहिर रिफर गरिएका मध्ये कतिपयको बाटोमै मृत्यू हुने गरेको र कतिपयले बाटोमै बच्चा जन्माउने गरेको उनले बताइन ।

कोल्टीमा उपचार गर्नको लागि छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका, कालिकोटको पलाता र पाचाल झरना गाउँपालिका, हुम्लाको ताजाकोट, अदानचुली र सर्केगाड गाउँपालिकाका स्थानियहरु आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्रको रेर्कड छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने यि गाउँपालिकाका स्थानियले कोल्टीमा उपचार सम्भव नभए पछि जटिल समस्या भएका सुत्केरी महिलालाई अन्त उपचारको लागि लैजानु पर्ने अवस्था छ ।

यो अवस्था अन्त्य गर्नका लागि आफुले पदभार ग्रहण गरे देखी नै दौडधुप सुरु गरेको ७ महिना पछि सफल भएको नगर प्रमुख जनक बोहराले बताए । ‘उपचार सेवा नपाएर दिदीबहिनीहरुले मर्नु पर्ने अवस्था अन्त्य गर्नु पर्छ भनेर मैले पदभार ग्रहण गरे देखी नै यहाा डाक्टर ल्याउनका लागि पहल थालेको थिएा’ उनले भने ‘सात महिना सम्म काठमाण्डौ देखी जुम्ला सम्म गरेको दौडधुप बल्ल सफल भएको छ । अब कुनै पनि महिलाले सुत्केरी हुन नसकेर मर्नु पर्ने छैन’ उनले एकजना शल्यक्रिया तथा स्त्रि रोग विषेशज्ञ डाक्टर र एकजना अपरेसन थिएटर नर्स गरी दुइजनाको पारिश्रमिक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नगरपालिकाले आधा आधा व्यहोर्ने गरी समझदारी भएको बताउदै अव चौविसै घण्टा शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु भएको बताए ।

उनले चार जिल्लाको सेवा केन्द्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अन्य रोगको उपचारका लागि पनि थुप्रै विरामी आउने गरेको र विषेशज्ञ सेवाको अभावमा ज्यानै समेत गुमाउनु पर्ने अवस्था रहेकोले अव एमडिजिपी डाक्टर ल्याउनका लागि आफुले पहल गरिरहेको जानकारी दिए । ‘कोल्टी बाजुराको उत्तरी क्षेत्रको लागि मात्रै नभएर अन्य जिल्लाको पनि मुख्य सेवा केन्द्र हो’ उनले भने ‘यहााको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदा धेरै जिल्लाका मानिसलाई फाइदा हुने भएकोले एमडिजिपी डाक्टर ल्याउनका लागि प्रयास भैरहेको छ ।’ कान्तिपुरबाट