हिस्टुन कैलालीको अध्यक्षमा हृदय पुजारा

हिस्टुन कैलालीको अध्यक्षमा हृदय पुजारा

धनगढी । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कैलालीको अध्यक्षमा हृदय पुजारा चयन भएका छन् ।  हिस्टुनको जिल्ला अधिवेशन बाट पुजाराको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती चयन भएको हो ।
तेस्तै उपाध्यक्षमा विशाल धामी, सचिवमा निर्जन श्रेष्ठ, सहसचिवमा खडक बहादुर सिंह, कोषाध्यक्षमा ओमप्रकाश खड्का चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भुवनराज जोशी, राम बहादुर बोहरा, कोपिला कार्की, धर्मराज न्यौपाने, ओम जोशी, शिव कुमार चौधरी, ज्ञानु उपाध्याय, नारायण पनेरु चयन भएका छन् ।

अध्यक्षमा चयन भएका पुजारा विगत  दुई दशक देखि शिक्षण पेशामा छन् । घोडाघोडी नगरपालिकाका नगर प्रमुख  खडक रावतको प्रमुख आतिथ्यतामा  शनिवार हिस्टुनको कैलाली अधिवेशन भएको थियो ।