किर्ते हस्ताक्षरमा बैंकबाट ७० लाख झिकेको आरोपमा एकजना पक्राउ

किर्ते हस्ताक्षरमा बैंकबाट ७० लाख झिकेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम ।  महोत्तरीको मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास ‘वैष्णव’ पक्राउ गरेका छन् ।

मठमै पुगेर आज बिहान महोत्तरी र रुपन्देहीका प्रहरीले महन्त दासलाई पक्राउ गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकबाट रुपैयाँ झिकेको आरोपमा महन्त दासलाई पक्राउ गरिएको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

उनका अनुसार महन्त दासले किर्ते हस्ताक्षर गरी ७० लाख रुपैयाँ झिकेको आरोप छ । सो आरोपमा दासलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रुपन्देही पठाइसकेको एसपी पंगेनीले बताए ।