हिम्मत बटुलेर जिम जान थालिन् समिक्षा, ‘डे वान’ भन्दै सेयर गरिन यस्तो तस्विर

हिम्मत बटुलेर जिम जान थालिन् समिक्षा, ‘डे वान’ भन्दै सेयर गरिन यस्तो तस्विर

काठमाडौँ । गायिका समिक्षा अधिकारी पछिल्लो समय  चर्चामा छिन् । बहुचर्चित गायिका समिक्षा अधिकारीले पछिल्लो समय आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् । उतारचढावका बिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै हटाइन् ।

अहिले समिक्षाले सामाजिक संजालमा सक्रियता देखाउन खोजेकी छिन् । सामाजिक संजालमा निकै सक्रिय यी गायिका पछिल्लो समय त्यति सक्रिय थिइनन् ।​समिक्षले पहिलाको उचाई भेट्न कति समय लाग्ला यो उनका फ्यानहरुको प्रश्न पनि थियो ।

अहिले फेरी केहि विवाद पनि आयो कुरा हो बाल गायिका कमला घिमिरेको, गायिका समिक्षा अधिकारी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् । र गीत संगीत पनि फाट्टे फुट्टे गरि रहेकि छन। तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् ।

कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् । समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी हुन  ।

जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् । सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् । जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा एकछत्र जादु चलेका बेला उनको जीवनका परिस्थिति फेरिएपछि केहि समय हराएकी गायिका समिक्षा अधिकारी अहिले फेरी हिम्मत बटुलेर पुन पहिलेकै अवस्थामा फेर्किन कोसिस गरेको देख्न सकिन्छ ।