बाजुरामा अनिश्चितकालीन यातायात बन्द

बाजुरामा अनिश्चितकालीन यातायात बन्द

बाजुरा । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो ।

उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो । घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

यातायात बन्द पछि शनिवार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ ।