धनगढी जेसिजको नयाँ कार्यसमिति चयन

धनगढी जेसिजको नयाँ कार्यसमिति चयन

धनगढी । धनगढी जेसीजको  अध्यक्षमा मोहनराज ओझा चयन भएका छन् । शनिबार भएको धनगढी जेसिजको ४० औ अधिवेशनबाट ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जेसिजको कार्यकारिणी उपाध्यक्षमा मनिस कुँवर र जनार्दन बम, उपाध्यक्षमा दिनेश भट्ट, डिल्लीराज भण्डारी, डम्मर ऐरी, नरेश ओझा, महासचिवमा महेश्वर ओझा (महेश) र कोषाध्यक्षमा अरुण सिंह चयन भएका छन् । 

यस्तै कानुनी सल्लाहकारमा नरेश धामी चयन भएका छन भने तालिम संयोजक लोकराज भट्ट छन् ।