धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढीः धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत एक जना युवकको करेन्ट लागेर मृत्यु भएको हो। विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर २२ वर्षीय महेश भारतीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।