सुदूरपश्चिम महोत्सवको आज प्रदेश प्रमुखले समापन गर्ने

सुदूरपश्चिम महोत्सवको आज प्रदेश प्रमुखले समापन गर्ने

धनगढी- धनगढीमा मंसिर २२ देखि सुरु भएको सुदूरपश्चिम महोत्सवको आज समापन हुँदैछ । मंसिर २ गतेदेखि सुरु भएको महोत्सव १३ औं दिनमा सकिन लागेको हो । महोत्सवको समापन सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले गर्ने भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव सञ्चालन गर्दै आएको भएपनि व्यापारीहरुको माग अनुसार महोत्सवको मिति थप गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गरिँदै आइरहेको छ। महोत्सव उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।