सुदूरपश्चिम महोत्सवको आज अन्तिम दिन को-को आउँदै छन् कलाकार ?

सुदूरपश्चिम महोत्सवको आज अन्तिम दिन को-को आउँदै छन् कलाकार ?

धनगढी ।  सुदूरपश्चिम महोत्सवको आज अन्तिम दिन हो । महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने छ । 

महोत्सवमा आज अलमोडा राना उप्रेती र स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका कलाकार संयोजक मिलन कुँवरले बताए ।

धनगढीमा मंसिर २२ देखि सुरु भएको सुदूरपश्चिम महोत्सवको आज समापन हुँदैछ । मंसिर २ गतेदेखि सुरु भएको महोत्सव १३ औं दिनमा सकिन लागेको हो । महोत्सवको समापन सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले गर्ने भएका छन् ।