माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खानले दिए राजीनामा

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खानले दिए राजीनामा

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य, रुपन्देही इन्चार्ज तथा मुस्लिम मुक्ति मोर्चा केन्द्रीय समितिका इन्चार्ज हकिउल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।

खानले विज्ञप्ति जारी गरी निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टीको जिल्ला इन्चार्ज र मोर्चाको केन्द्रीय इन्चार्जबाट राजीनामा दिएको जनाएका छन् ।

हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्लाबाट पार्टीका कुनै पनि उम्मेदवारलाई विजयी बनाउन नसकेको र समानुपातिकतर्फ पनि विगतको निर्वाचनमा भन्दा कम मत आएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् ।

प्रतिनिधिसभामा मुस्लिम कलस्टर समेत कोल्याप्स भएको उनको गुनासो छ ।