पूर्वमन्त्री  प्रेम आलेलाई मातृशोक

पूर्वमन्त्री  प्रेम आलेलाई मातृशोक

धनगढी । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मगरलाई मातृशोक परेको छ।

डोटीबाट प्रतिनिधिसभा सदस्य एवं जोरायल गाउँपालिका–२ रुवशकाँडा निवासी आलेकी आमा गंगादेवी आलेको ७९ वर्षको उमेरमा निधन भएको हो।

उनी निकट हेमन्त रेग्मीले उपचारको क्रममा काठमाडौंमा गंगादेवीको निधन भएको बताए। उनका अनुसार गंगादेवीको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने छ।