मै. तेज बहादुर  चन्द स्मृति अन्तर पालिका जिल्ला स्तरिय भलिवल प्रतियोगिता बैतडीमा सम्पन्न

मै. तेज बहादुर  चन्द स्मृति अन्तर पालिका जिल्ला स्तरिय भलिवल प्रतियोगिता बैतडीमा सम्पन्न

मै.तेज बहादुर  चन्द ट्रष्ट बैतडीले मंसीर २५ गते देखि २८ गते सम्म आयोजना गरेको मै. तेज बहादुर  चन्द स्मृति अन्तर पालिका जिल्ला स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । 
मंसीर २५ गते देखि शुरु भएको उक्त प्रतियोगितामा बैतडी जिल्लाका १० पालिका मध्ये दोगडा केदार गांउ पालिका बाहेक ९ पालिका र १ आयोजक टीम गरी १० टीमको सहभागिता रहेको थियो । 

 २०७९ मंसीर २५ गते विहान दशरथचन्द खेल मैदान सुन्दरखाली देखि शहीद सदन बस्कोट हुदै मै. तेज बहादुर चन्द को घर सम्म  खेलाडी अफिसियल र आयोजक समेत को प्रभात फेरी कार्यक्रम गरेको थियो ।

दशरथचन्द खेल मैदानमा मंसीर २५ गते ट्रष्टका अध्यक्ष श्री ई. गिरेश चन्दको अध्यक्षतामा संचालित उद्घाटन कार्यक्रममा   प्रमुख जिल्ला  अधिकारी श्री सुरेश पन्थीको  प्रमुख अथिति थिए । दशरथचन्द नगरपालिकाका उप प्रमुख श्री कौशिला चन्द , नेपाली कांग्रेस बैतडीका सभापति श्री चतुर बहादुर चन्द विशिष्ट अतिथि रहनु भएको थियो । ट्रष्टका सचिव श्री विनोद बहादुर चन्दले संचालन गर्नु भएको उक्त कार्यक्रममा कराते खेलाडीहरुबाट सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

लीगकम नक आउटका आधारमा खेलिएको उक्त प्रतियोगितामा सुर्नया र पुर्चौडी टीम पहिलो चरणबाटै बाहिर हुन पुगे  भने  आयोजक, पञ्चेश्वर,डिलाशैनी र शिवनाथ टीम दोस्रो चरण बाट बाहिरिए ।

उक्त प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भई रु १लाख २५ हजार र कप प्राप्त गर्न सफल भएको थियो । दशरथचन्द नगरपालिका ले दोस्रो स्थान प्राप्त गरी रु ७५,००० र कप र पाटन नगरपालिकाले तेस्रो स्थान प्राप्त गरी रु ३५०००  प्राप्त गर्यो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी मेलौलीका  रोशन चन्द घोषित भए। उनले रु ५००० र ट्रफी प्राप्त गरे। यस्तै उत्कृष्ट स्पाइकर द. न. पा का प्रेम चन्द ,उत्कृष्ट सर्भर पाटन का अनमोल भट्टराई,  उत्कृष्ट लिफ्टर आयोजक टीमका ऋषिकेश बोहरा र उत्कृष्ट डिफेण्डर द। न। पा का पदम राज बडु घोषित भएका थिए । उनिहरुले जनही रु २,००० र ट्रफी प्राप्त गरे ।

मिति २०७९ मंसीर २८ गते सम्पन्न उक्त प्रतियोगिताको समापन समारोह ट्रष्टका अध्यक्ष श्री ई. गिरेश चन्दज्युको अध्यक्षतामा संचालन भएको थियो । दशरथचन्द नगरपालिका का प्रमुख श्री पुष्कर राज जोशी को प्रमुख आथित्यमा संचालित समापन एवं पुरस्कार वितरण कार्यक्रममा मेलौली नगरपालिका का प्रमुख भीम बहादुर चन्द ,द. न.पा बैतडीका उप प्रमुख श्री कौशिला चन्द  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारी , नपाली कांगे्रस बैतडीका उप सभासति श्री बिर बहादुर विष्ट विशिष्ट अतिथि द. न. पा बैतडी का पूर्व प्रमुख श्री नरेन्द्र सिह थापा, द. न पा बैतडीका वडा नं. ३, ४,५,६,८ र का वडा अध्यक्ष तथा मेलौली २ का वडा अध्यक्ष अतिथि रहनु भएको थियो ।
ट्रष्टका सदस्य श्री तेज प्रकाश भट्टले संचालन गर्नु भएको उक्त कार्यक्रममा  अतिथि , विशिष्ट अतिथि , प्रमुख अतिथी तथा   ट्रष्टका अध्यक्ष, कोषाध्यक्षबाट खेलाडी  र टीम लाई पुरस्कार वितरण गरिएको थियो भने , अफिसियल  , स्वयंसेवकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।