नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा सुदूरपश्चिमबाट चार चिकित्सकको उम्मेदवारी

नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा सुदूरपश्चिमबाट चार चिकित्सकको उम्मेदवारी

धनगढी  । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट चार चिकित्सकले उम्मेदवारी दर्ता गराएका छन् ।
संघका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएकोमा प्रदेशबाट एकै पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
संघको उपाध्यक्ष (सुदूरपश्चिम) तर्फ प्रजातान्त्रिकतर्फबाट डाक्टर प्रशान्त भट्ट, प्रगतिशीलतर्फबाट डाक्टर निरज अर्याल र स्वतन्त्रतर्फबाट डा प्रवीणकुमार गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै संघको कोषाध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलबाट डाक्टर प्रमोद जोशीले उम्मेदवारी दर्ता गराएका छन् । डाक्टर जोशी यश अघि केन्द्रीय सदस्यमा निर्वाचित भईसकेका छन् । अब उनी संघको केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष पदको दौडमा रहेका छन् ।

संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।