अत्तरिया गोलिकाण्ड विरुद्ध विरोध प्रर्दशन

अत्तरिया गोलिकाण्ड विरुद्ध विरोध प्रर्दशन

धनगढी । अत्तरियामा आईतबार साँझ भएको गोलिकाण्ड विरुद्ध विरोध प्रर्दशन गरिएको छ । अत्तरियाका सुनचाँदी व्यापारी विकास सुनारलाई गोली प्रहार गर्ने व्यक्तिहरुलाई पक्राउ गरी तत्काल सार्वजनिक गर्न माग गर्दै अत्तरियामा विभिन्न सुनचाँदी व्यवसायी संघहरुले संयुक्त रुपमा विरोध प्रर्दशन गरिएको हो ।

कैलाली आभुषण सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम, महाकाली सुनचाँदी व्यवसायी संघ कञ्चनपुर र सुनचाँदी व्यवसायी संघ कैलालीले संयुक्त रुपमा संघर्ष समिति गठन गरि विरोध प्रर्दशन सुरु गरेका छन । विरोध प्रर्दशनमा अत्तरिया उधोग वाणीँज्य संघले पनी एक्यवद्धता जनाएको छ ।

घटना भएको दुई दिन सम्म पनी प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै  विरोध स्वरुप शान्तिपुर्ण आन्दोलन गरिएको संघर्ष समितिका संयोजक सन्तोष लामिछानेले बताएका छन् ।

गोली प्रहार गर्ने अपराधीलाई कारबाही गरी व्यापारीहरुलाई सुरक्षापुर्ण रुपमा व्यापार गर्न पाउने वातावरण सृजना गर्न सुनचाँदी व्यवसायी संघहरुले माग गरेका छन् ।