हार्डवेयर व्यवसायी संघद्धारा दीपप्रज्वलन तथा आर्थिक सहयोग

हार्डवेयर व्यवसायी संघद्धारा दीपप्रज्वलन तथा आर्थिक सहयोग

धनगढी । कैलाली हार्डवेयर व्यवसायी संघले धनगढीमा दीपप्रज्वलन तथा आर्थिक सहयोग गरेको छ ।
संघका सचीव तथा न्यु जगदम्बा सप्लायर्सका संचालक हार्डवेयर व्यवसायी अम्बा दत्त भट्टको १३ औं दिनको पूण्र्यतीथिमा धनगढीमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण तथा आर्थिक सहयोग गरिएको हो ।
संघको कार्यालय अगाडी दीप प्रज्वलन गरिएको थियो भने सचिवका परिवारलाई नगद सहयोग गरिएको संघका अध्यक्ष कुवेर शाहीले बताए ।
आत्माको चिरशान्ती एवं वैकुण्ठ बासको प्रार्थना गर्दै जिल्ला भरिका हार्डवेयर व्यवसायीहरु सहभागिता रहेको थियो ।
यस्तै, मृतक भट्टका परिवारलाई एक लाख चार हजार दृुई सय १५ आर्थिक सहयोग गरेका छन् । 
व्यवसायिक एकता र हरेक सुखदुःखको अवस्थामा हातेमालो अनि सहकार्य गर्नकै लागि यस किसिमका संघ संगठनहरुको आवश्यकता पर्ने भन्दै कार्यक्रम गरिएको अध्यक्ष शाहीले बताए।
रकम हष्तान्तरण गर्दै उनले परिवारमा पर्न गएको पिडामा सहानुभूति प्रदान गर्न घरपरिवारलाई थोरै सहयोग गरेको बताए ।