धनगढीमा १ सातासम्म विद्युत सेवा अवरुद्ध हुने

धनगढीमा १ सातासम्म विद्युत सेवा अवरुद्ध हुने

धनगढीः धनगढीमा १ सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि निर्माणाधिन चटकपुर चोक र पश्चिम रिङ्गरोड वडा नं ३ को कार्यालय सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ।

निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गते देखि पौष १३ गते सम्म बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो।