‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक

‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक

‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । 

निर्माता तथा अभिनेता दीपकराज गिरीले प्रदर्शन मिति उल्लेख भएको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दीपकको राजा चरित्र देख्न सकिन्छ । हेमराज विसी निर्देशक रहेको फिल्म फागुन १९ गते रिलिज हुँदैछ । निर्मातामा दीपक र दीपाश्री निरौला छन् भने कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

आमा सरस्वती मूभिज र आइएमइको संयुक्त ब्यानरमा फिल्म निर्माण भएको हो । पोस्टर रिलिज गर्दै पटकथा लेखक समेत रहेका गिरीले शुक्रबारदेखि बाँकी छायांकन हुने जानकारी  दिनुभयो ।

राजनीतिक र सामाजिक कथावस्तुमा निर्माण भएको हाँस्यप्रधान फिल्ममा बेनिशा हमाल र मलिना जोशीको पनि अभिनय छ ।