तीन लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिँदै एनसेल

तीन लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिँदै एनसेल

काठमाडौं । महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ।

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेललेउक्त अवार्ड प्रदान गर्ने भएको हो।  

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । 

गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन्।

महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीतिअनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।