चीनपछि जापानमा बढ्याे कोभिड संक्रमण

चीनपछि जापानमा  बढ्याे कोभिड संक्रमण

एजेन्सी । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । 

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो बुधबारको तुलनामा हिजो १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ । 

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् ।

टोकियोमा लगातार बिरामी बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन् ।

पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ । चीनमा पनि लगातार कोभिड संक्रमण बढिरहेका बेला जापानमा पनि संक्रमितको संख्या उकालो लागेको हो ।