अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरोको भाउ

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरोको भाउ

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरोको भाउ भने घटेको छ । बुधबार एकको खरिदमा १३२ रुपैयाँ १२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७२ पैसा रहेको अमेरिकी डलर आज बढेर खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीमा १३२ रुपैयाँ ८० पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ११ पैसा रहेकोमा आज घटेर खरिदमा १४० रुपैयाँ ३३ पैसा र बिक्रीमा १४० रुपैयाँ ९७ पैसामा झरेको छ ।  

यता, एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा रहेको अष्ट्रेलियन डलर आज सामान्य घटेर खरिददर ८८ रुैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६५ पैसा कायम भएको छ । 

यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २४ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ९६ पैसा र बिक्रीमा १९ रुपैयाँ ४ पैसा र जापानी येन १० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीमा १० रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल र कतारी रियाल पनि सामान्य बढेको छ । 

एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २८ पैसा रहेको साउदी अरेवियन रियाललाई आज एकको खरिदमूल्य ३५ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३० पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा रहेकोमा आज सामान्य बढेर खरिदमूल्य ३६ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ३१ पैसा पर्नेछ ।