‘छक्का पन्जा ४’को फस्टलुकले चिर्न खोजेको २ हल्ला

‘छक्का पन्जा ४’को फस्टलुकले चिर्न खोजेको २ हल्ला

फिल्म ‘छक्का पन्जा ४’को बिषयमा फिल्मवृत्तमा २ वटा हल्ला खुबै चलिरहेको छ । एक, यो फिल्मको निर्देशनको कामबाट निर्देशक हेमराज वीसीले हात झिके । अर्को, यो फिल्म फागुणको १९ गतेबाट रिलिज हुँदैन । किनकी, फिल्मको छायांकन फेरि भैरहेकाले निर्धारित फिल्ममा निर्माताले फिल्म रिलिज गर्न सक्दैनन् भन्ने धेरैको आँकलन पनि छ ।

तर, यी सबै हल्लालाई हल्लामै सिमित गर्दै कलाकार तथा निर्माता दीपकराज गिरीले आज एउटा पोष्टर सार्वजनिक गरेका छन् । जसमा फिल्मको निर्देशकको रुपमा हेमराज वीसीको नाम उल्लेख छ । यस्तै, फिल्मलाई फागुणको १९ गतेबाट रिलिज गर्ने पनि उल्लेख गरिएको छ । योसँगै बजारमा केही हप्तादेखि गर्माएको चर्चा पनि सकिएको छ ।

सामाजिक, राजनीतिक र कमेडी कथामा निर्माण भएको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय छ ।