के साम्राज्ञीले गतिलो स्क्रिप्ट छानिरहेकी छिन् ?

के साम्राज्ञीले गतिलो स्क्रिप्ट छानिरहेकी छिन् ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्क्रिप्ट छनोट कस्तो होला रु के नेपाली फिल्मकी यी स्टार नायिकाले गतिलो स्क्रिप्ट छनोट गरिरहेकी छिन् त रु या उनी हचुवाको भरमा फिल्ममा काम गरिरहेकी छिन् ।

साम्राज्ञी अभिनित २ फिल्म एक महिनाको अन्तरमा रिलिज हुँदैछन् । पौष २९ गते फिल्म ‘तिम्रो मेरो साथ’ रिलिज हुनेछ भने फागुणको ५ गतेबाट फिल्म ‘लण्डन टू पेरिस’ रिलिज हुँदैछ । यी दुबै फिल्मको स्क्रिप्ट कस्तो छ भन्ने बिषयमा चर्चा दुबै फिल्म रिलिज भएपछि गरौला ।

तर, साम्राज्ञी आफू भने निक्कै नै मिहिनेत गरेर फिल्मको स्क्रिप्ट छान्ने बताउँछिन् । साम्राज्ञीले आएका अफरमध्ये राम्रोलाई छुट्याउने, त्यसबाट पनि अझै उत्कृष्ट छान्ने गरेको बताइन् । उसो भए साम्राज्ञीले अभिनय गरेका फिल्महरु किन पछिल्लो बर्षमा कमजोर हुँदै गएका छन् । ‘रातो टिका निधारमा’मा कमजोर स्क्रिप्टकै कारण चलेन ।

निरन्तर बक्स अफिसमा कमजोर पर्दै जानुले के साम्राज्ञीको स्क्रिप्ट रोजाई उनले भने जस्तै बलियो छ भनेर भन्न सकिएला त ?