माओवादी केन्द्र संसदीय दलको नेतामा दाहाल सर्वसम्मत

माओवादी केन्द्र संसदीय दलको नेतामा दाहाल सर्वसम्मत

काठमाडौँ ।  नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् ।सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ। 

त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।