तराईसँगै काठमाडौं उपत्यकामा हुस्सु

तराईसँगै काठमाडौं उपत्यकामा हुस्सु

नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि आकलन गरिएको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।